थप समाचार बुधबार, जेठ ७, २०७७

चीनमा अब उपचाररत कोरोना संक्रमित ८७ जना

हिमालखबर

चीनमा अब उपचाररत कोरोना संक्रमित ८७ जना

कोरोनाभाइरसको उद्गम मानिएको चीनमा अब उपचाररत संक्रमितको संख्या ८७ मा झरेको छ । त्यहाँ कुल संक्रमित ८२ हजार ९६५ मध्ये ७८ हजार २४४ जना निको भएका छन् । चार हजार ६३४ जनाको मृत्यु भएको छ।

अहिले संक्रमित रहेका ८७ मध्ये ७८ जना सामान्य अवस्थामा छन् भने नौ जना गम्भीर छन् । विगत एक महीना (१७ अप्रिल) यता त्यहाँ जम्मा दुई जनाको मात्र मृत्यु भएको छ । एक महीनाबीच गएको आइतबार एक जना र २७ अप्रिलमा अर्का एक जनाको मृत्यु भएको थियो।

त्यहाँ नयाँ संक्रमित भेटिने दर पनि नियन्त्रित अवस्थामा पुगेको छ । मंगलबार जम्मा पाँच जना र सोमबार ६ जना नयाँ संक्रमित भेटिएका छन् । पछिल्लो एक सातामा ३९ जना कोरोनाभाइरसका नयाँ संक्रमित भेटिएका छन्।

चीनले बन्दाबन्दी हटाइसकेको छ । ६ मेदेखि सम्पूर्ण विद्यालय पनि खोलिएको छ । तर, विद्यालयमा व्यक्तिगत दूरी अनिवार्य कायम राख्नु पर्ने नियम छ।

प्रतिकृया दिनुहोस