थप समाचार मंगलबार, जेठ ६, २०७७

१४ जेठमा बाेलाइयाे प्रदेश–१ को बजेट अधिवेशन

हिमालखबर

१४ जेठमा बाेलाइयाे प्रदेश–१ को बजेट अधिवेशन
null

प्रदेश नं १ प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेशसभाको छैटौं बैठक १४ जेठमा बोलाएका छन् । प्रदेश प्रमुख अधिकारीले प्रदेशको छैटौं बजेट अधिवेशन १४ जेठ दिउँसो २ बजेका लागि आह्वान गरेका हुन् ।

नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम बैठक आह्वान गरिएको कार्यालयको विज्ञप्तिमा उल्लेख गरिएको छ । प्रदेश सरकारले उक्त प्रदेशसभाको बैठकबाट आगामी आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नेछ।

प्रतिकृया दिनुहोस