थप समाचार मंगलबार, जेठ ६, २०७७

सेनाले चीनसँग खरीद गरेका तीन खेप स्वास्थ्य सामग्री आइपुगे

हिमालखबर

सेनाले चीनसँग खरीद गरेका तीन खेप स्वास्थ्य सामग्री आइपुगे

सेनाले चीनको सरकारी कम्पनीसँग खरीद गरेका स्वास्थ्य सामग्री हवाई र स्थलमार्ग हुँदै आउन थालेका छन् । सेनाले मंगलबार हवाई मार्ग भएर १८ दशमलव ७ टन स्वास्थ्य सामग्री ल्याएको हो।

यसअघि मंगलबार नै स्थालमार्गबाट ५ वटा र ३ वैशाखमा १० वटा कन्टेनरमा कोभिड–१९ को रोकथाम, नियन्त्रण र प्रतिकार्यको लागि आवश्यक पर्ने औषधि, उपकरण तथा अन्य सामग्रीहरु नेपाल आइपुगेको हो।

मन्त्रिपरिषद्को १६ चैतको निर्णय अनुसार सेनाले औषधि, उपकरण तथा अन्य सामग्रीहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग समन्वय गरी खरीद गरेको हो । सेनाले स्वास्थ्य सामग्री र उपकरण सार्वजनिक खरीद ऐन तथा नियमावली अनुसार खरीद गरेको जनाएको छ।

सेनाले स्थलमार्गबाट प्राप्त भएका स्वास्थ्य सामग्रीहरु गौचर व्यारेकस्थित नेपाली सेनाको गोदाममा राखेको छ । सेनाले २४ घण्टे क्वारेन्टिनमा राखेर मात्र स्वास्थ्य सामग्री गोदाममा थन्काएको हो।

सेनाले ७ वैशाखमा चीनको सरकारी स्वामित्वमा रहेको चाइना सिनोफार्म इन्टरनेशनल कर्पोरेशनसँग अमेरिकी डलर १ करोड ८४ लाख ४१ हजार ७ सय बराबरको स्वास्थ्य सामग्री खरीद गर्ने सम्झौता गरेको हो।

प्रतिकृया दिनुहोस