थप समाचार मंगलबार, जेठ ६, २०७७

उपत्यकामा भेटिएका ५ संक्रमितमध्ये एक चिकित्सक, दुई प्रहरी र दुई सर्वसाधारण

हिमालखबर

उपत्यकामा भेटिएका ५ संक्रमितमध्ये एक चिकित्सक, दुई प्रहरी र दुई सर्वसाधारण
null

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार कोभिड–१९ को संक्रमण पुष्टि गरेका पाँचमध्ये एक चिकित्सक, दुई प्रहरी र दुई सर्वसाधारण रहेका छन्।

संक्रमित चिकित्सक इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखामा कार्यरत हुन् । कोभिड–१९ को देशव्यापी अवस्था हेर्न हिंडेका उनमा संक्रमण पुष्टि भएको हो । उनी ललितपुरवासी हुन्।

यस्तै  संक्रमित हुनेमा महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत एकजना नायव निरीक्षक र प्रहरी जवान छन्।  

यस्तै अन्य संक्रमितमा एकजना काठमाडाैं र अर्का भक्तपुरका हुन्। अहिले सम्बन्धित वृत्त, सरुवा रोग नियन्त्रण महाशाखामा उच्च सतर्कता अपनाउनुका साथै संक्रमितको सम्पर्कमा रहेकाहरुलाई बेग्लै राख्ने ब्यवस्था गरिदैछ ।

                                                                                                                                 

प्रतिकृया दिनुहोस