थप समाचार सोमबार, जेठ ५, २०७७

कोरोनाबाट मृत्यु भएकी महिलाको शिशुको लालनपालनमा पूर्वमन्त्री बस्नेतले सहयोग गर्ने

हिमालखबर

कोरोनाबाट मृत्यु भएकी महिलाको शिशुको लालनपालनमा पूर्वमन्त्री बस्नेतले सहयोग गर्ने

कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाको शिशुको लालनपालन र शिक्षाको लागि लाग्ने खर्च पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले व्यहोर्ने भएका छन्।

बस्नेतले बिहान मृतक महिलाका श्रीमान्‌सँग कुरा गरी बच्चाकाे लागि लाग्ने सबै खर्च व्यहाेर्ने बताएका हुन्। पीडित परिवारलाई आफूले चिन्ने र उनीहरु सामान्य परिवारका भएको भन्दै पूर्वमन्त्री बस्नेतले बच्चाको लालनपालनका लागि तत्काल रु.५० हजार दिने र पछि शिक्षाका लागि लाग्ने खर्च व्यहोर्ने बताए।

बस्नेतले भने, "ती महिलाको अर्को बच्चा पनि छ। लालनपालनमा महिलाको श्रीमान्‌लाई थप आर्थिक तनाव नहोस् भनेर बिहान टेलिफोन गरेर सहयोग गर्ने वाचा गरेको हुँ।" उनले बच्चाको लालनपालन र १२ कक्षासम्मको पढाइको जिम्मा आफूले लिने बताए।

मृतक महिलाको घर सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-९ हो भने कांग्रेस नेता बस्नेत पनि सोही नगरपालिकाको वडा नं. ४ का हुन्।

प्रतिकृया दिनुहोस