थप समाचार सोमबार, जेठ ५, २०७७

बाराका सञ्चारकर्मीलाई संक्रमण भएकाे पुष्टि

हिमालखबर

बाराका सञ्चारकर्मीलाई संक्रमण भएकाे पुष्टि
null

बाराका सञ्चारकर्मीलाई कोभिड–१९ को संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार प्रेस नोट जारी गर्दै संक्रमण पुष्टि भएको जनाएको हो ।

बारा करैयामाईका ३८ वर्षीय ती सञ्चारकर्मीलाई संक्रमण पुष्टि भएको हो । उनी बाराका पाँचौं संक्रमित हुन् ।

मन्त्रालयले सोमबार ती सञ्चारकर्मी सहित नौ जनामा संक्रमण भएको जनाएको छ । अन्य आठ जना भने रौतहटका छन् । यो सँगै, नेपालमा संक्रमित संख्या ३०४ पुगेको छ । यस मध्ये दुई जनाको मृत्यु भएको छ भने ३५ जना निको भएर घर फर्किएका छन् ।

प्रतिकृया दिनुहोस