नबिल ब्याङ्कको ‘कन्ट्याक्टलेस कार्ड’
नबिल ब्याङ्कले ‘कन्ट्याक्टलेस कार्ड’को शुरुआत गरेको छ ।
उक्त कार्डमार्फत पीओएस मेसिनमा ट्याप मात्र गरेर कारोबार गर्न सकिनेछ ।
ब्याङ्कका अनुसार ‘नियर फिल्ड कम्युनिकेशन’ (एनअफसी) मेसिन नजिकै अर्को एनअएफसी राखेर कनेक्शन गरेपछि कारोबार गर्न सकिन्छ । यसमा कार्ड घुसाउनु आवश्यक पर्दैन । यो कार्ड अत्यन्तै सुरक्षित भएको ब्याङ्कले जनाएको छ ।
नबिल ब्याङ्ंक भिसा इन्टरनेशनल, मास्टरकार्ड इन्टरनेशनल र युनियनपे इन्टरनेशनलको सदस्य हो । ब्याङ्कले डेबिट, प्रिपेड, क्रेडिट कार्ड तथा एटीएम, पीओएस र ई–कमर्श मार्फत आधुनिक ब्याङ्किङको सेवा दिइरहेको छ ।