सन्राइज ब्याङ्कको ‘क्यास ब्याक’ योजना
सन्राइज ब्याङ्कले पाँच सयदेखि एक हजारसम्म ‘क्यास ब्याक’ (नगद फिर्ता) योजना लागू गरेको छ ।
यस योजना अन्र्तगत डेविट तथा क्रेडिट कार्ड प्रयोग गरि पीओएस वा अनलाइनमार्फत कारोबार गरेमा फिर्ता पाउने रकम ब्याङ्कले ग्राहकको खातामा जम्मा गरिदिनेछ ।
पाँच हजारदेखि १० हजार रुपैयाँसम्मको कारोबारमा ब्याङ्कले पाँच सय क्यास ब्याक दिनेछ भने १० हजारदेखि १५ हजारसम्ममा ७५० र १५ हजारभन्दा माथिको कारोबारमा एक हजार क्यास ब्याक दिने ब्याङ्कले जनाएको छ ।
ब्याङ्कले १०३ शाखा, २८ वटा शाखारहित ब्याङंकिङ इकाई, ३ एक्सटेन्सन काउण्टर र ११७ वटा एटीएम मार्फत ५ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ ।