थप समाचार आइतबार, जेठ ४, २०७७

दैलेखका पत्रकारको कोरोनाभाइरस परीक्षणका लागि स्वाब संकलन गरियो

हिमालखबर

दैलेखका पत्रकारको कोरोनाभाइरस परीक्षणका लागि स्वाब संकलन गरियो
पत्रकारको स्वाब संकलन गरिदै । तस्वीर: यज्ञराज थापा, दैलेख

दैलेख जिल्लामा कार्यरत पत्रकारहरुको नोजल स्वाब संकलन गरिएको छ । स्वास्थ्य सेवा कार्यालय दैलेखले पत्रकारहरुको नोजल स्वाब संकलन गरेको हो ।

समाचार संकलनको क्रममा फिल्डमा खटिने भएकाले पत्रकारहरुको कोरोना परीक्षण गरिदिन नेपाल पत्रकार महासंघ शाखा दैलेखले अनुरोध गरेपछि स्वास्थ्य सेवा कार्यालयबाट कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको हो ।

स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा. निरञ्जन पन्तका अनुसार आइतबार १८ जना पत्रकारको स्वाब संकलन गरिएको छ ।

संकलित स्वाबहरु कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा रहेको कोरोना प्रयोगशाला पठाइने डा. पन्तले बताए । ‘संकलित स्वाबको रिपोर्ट छिट्टै आइपुग्नेछ’, पन्तले भने, ‘बाँकी छुटेका पत्रकारहरुको पनि स्वाब संकलन गरेर परीक्षण गरिनेछ ।’

पत्रकारहरुमा कोरोना छ कि छैन भनेर १० वटै जिल्लाबाट स्वाब संकलन गरेर परीक्षण गरिरहेको कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिए । उनले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीले कोरोना नियन्त्रणमा महत्वपूर्ण भूमिका रहेको भन्दै प्रशंसा समेत गरे ।

दैलेखमा हालसम्म झण्डै २०० जनाको स्वाब संकलन गरिएको छ । यो मध्ये धैरैको रिपोर्ट नेगेटिभ आएको र केहीको रिपोर्ट आउन बाँकी रहेको छ । स्वास्थ्य सेवा कार्यालयले दैलेखमा स्वाब संकलन कार्यलाई वृद्धि गरिने जानकारी दिएको छ ।

यज्ञराज थापा, दैलेख

 

प्रतिकृया दिनुहोस