थप समाचार आइतबार, जेठ ४, २०७७

सर्लाहीबाट पेस्ताेल र गोलीसहित दुई जना पक्राउ

हिमालखबर

सर्लाहीबाट  पेस्ताेल र गोलीसहित दुई जना पक्राउ

सर्लाहीको विष्णु गाउँपालिका-३ विश्वनाथ टोलबाट गोली भरिएको दुई थान पेस्तोलसहित दुई जना पक्राउ परेका छन्।

विष्णु गाउँपालिकाकै २५ वर्षीय मदन साह कानु र भारतको सितामढी बस्ने १९ वर्षीय अनिष साहलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

उनीहरुको साथबाट दुई थान पेस्तोल,  राउण्ड गोली, एक थान म्यागजिन र भारतीय नम्बर प्लेट बीआर ३० एम. ६७८७ को मोटरसाइकल बरामद गरिएको छ।  

उक्त ठाउँमा शंकास्पद व्यक्तिहरु लुकेर बसेको भन्ने खबर प्राप्त हुनासाथ २ नम्बर प्रदेश प्रहरी कार्यालय सर्लाही जनकपुर जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएको थियो।

पक्राउ परेकाहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

 

प्रतिकृया दिनुहोस