कला/साहित्य शनिबार, जेठ ३, २०७७

'अनेसास भवन भट्ट विशिष्ट महिला पुरस्कार' हिरण्य कुमारीलाई

हिमालखबर

'अनेसास भवन भट्ट विशिष्ट महिला पुरस्कार' हिरण्य कुमारीलाई

यो वर्षको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ‘अनेसास भवन भट्ट विशिष्ट महिला पुरस्कार’ यो वर्ष वरिष्ठ साहित्यकार हिरण्यकुमारी पाठकलाई प्रदान गरिने भएको छ । संस्थाले प्रेस विज्ञप्ति जारी गरेर पुरस्कार दिने निर्णय बारे जानकारी गराएको हो ।

साहित्यकार पाठकको साहित्यकार मोहचक्र, शून्यवत, अग्नीदह र दुस्वप्न, अव्यक्त, श्रीकृष्ण लीला, मेहनती मौरीहरु, दश महामुर्ख, रामकथा, चतुरे बन्यो नेतालगायत कथा संग्रह, कविता संग्रह, बालकथाहरु प्रकाशित भएका छन् ।

नेपाली महिला साहित्यकारहरुको संस्था ‘गुन्जन’ की अध्यक्ष रहेकी पाठकले ‘नारीश्वर’ त्रैमासिक साहित्यिक पत्रिकाको सम्पादन पनि गर्दै आएकी छिन् ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले प्रदान गर्दै आएको यो पुरस्कार प्रत्येक दुई वर्षमा प्रदान गरिन्छ । पुरस्कार प्रमाणपत्र र एकहजार अमेरिकी डलर रहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस