थप समाचार शनिबार, जेठ ३, २०७७

भारतमा ट्रक र भ्यान ठोकिँदा २४ मजदुरको मृत्यु

हिमालखबर

भारतमा ट्रक र भ्यान ठोकिँदा २४ मजदुरको मृत्यु
तस्वीरः बीबीसी हिन्दी

भारत उत्तर प्रदेशको औरैया जिल्लामा शनिबार बिहान ट्रक र भ्यान ठोक्किँदा २४ जना मजदुरको मृत्यु भएको छ । अरु १५ जना घाइते भएका छन् ।

घाइतेहरुको नजिकैको अस्पतालमा उपचार भइरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । बन्दाबन्दीका वेला ती मजदुर ट्रकमा चढेर राजस्थानबाट झारखण्ड जाँदै थिए ।

घटनाप्रति उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जिल्ला प्रशासनका अधिकारीहरुसँग जानकारी लिएका छन्। उनले पीडित परिवारलाई राहत प्रदान गर्न भनेका छन् । आदित्यनाथले प्रहरी प्रमुखलाई पनि फोन गरेर घटनाको कारण पत्ता लगाउन निर्देशन दिएका छन्।

प्रतिकृया दिनुहोस