थप समाचार शुक्रबार, जेठ २, २०७७

अस्पतालबाट भाग्नेलाई गोली हान्ने निर्णय पर्सा प्रशासनले सच्यायो

हिमालखबर

अस्पतालबाट भाग्नेलाई गोली हान्ने निर्णय पर्सा प्रशासनले सच्यायो
null

जिल्ला प्रशासन कार्यालयले अस्पतालमा रहेका कोरोना संक्रमित भागेमा गोलीसमेत हान्न सक्ने भनी गरेको निर्णय फिर्ता लिएको छ ।

शुक्रबार बसेको संकट व्यवस्थापन केन्द्रको बैठकले बिहीबार गरेको निर्णय फिर्ता लिँदै अब आइन्दा अस्पतालको आइसोलेसनबाट कोही भागेमा बल प्रयोग गर्न सकिने भनेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्नेतले हस्ताक्षर गरेको विज्ञप्तिमा बिहीबारको निर्णयले आमसमुदायमा अस्पष्टता उत्पन्न गरेको देखिएकाेले शुक्रबार बैठक बसेर निर्णय संशोधन गरिएको उल्लेख छ ।

विज्ञप्तिमा अबदेखि अस्पतालमा भर्ना भएका संक्रमितलाई भाग्न नदिन उच्च सुरक्षा सतर्कता अपनाउने र भाग्न खोज्ने व्यक्तिलाई स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ बमोजिम बल प्रयोग गरी नियन्त्रणमा लिने भनिएको छ ।

३१ वैशाखमा अस्पतालबाट दुई जना कोरोना संक्रमित भागेका थिए । उनीहरुलाइ प्रहरीले साेही राती नियन्त्रणा लिएकाे  थियाे ।

 

प्रतिकृया दिनुहोस