थप समाचार शुक्रबार, जेठ २, २०७७

सीमापारिबाट आउनेकाे स‌ंख्या बढ्दाे, राैतहटमा २३८ जना क्वारेन्टिनमा

हिमालखबर

सीमापारिबाट आउनेकाे स‌ंख्या बढ्दाे, राैतहटमा २३८ जना क्वारेन्टिनमा

जिल्ला प्रशासन कार्यालय रौतहटले भारतको सीमावर्ती क्षेत्रमा फसेका नेपालीका लागि आफ्नो घर फर्किन सहज वातावरण निर्माण गरेको छ ।

लुकिछिपी नेपालतिर पस्दा कोरोना संक्रमणको जोखिम रहेको सत्यलाई मध्यनजर गर्दै घर फर्किनेलाई सहजरुपमा आउन दिने वातावरण बनेपछि तीन दिनमा शुक्रबारसम्म भारतबाट दुई सय ३८ जना रौतहट प्रवेश गरेको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी गराएका छन् ।

प्रशासनको समन्वयमा रौतहटका विभिन्न नाका हुँदै नेपाल प्रवेश गरेका सबैलाई स्वास्थ्य जाँच गरिएको र सबैलाई विभिन्न क्वारेन्टिनमा पठाइएको प्रजिअ घिमिरेले जनाएका छन् ।

नेपालका विभिन्न ठाउँबाट रौतहट छिरेका २० जना पनि गरी शुक्रबारसम्म जिल्लाका विभिन्न क्वारेन्टिनमा २५८ जना रहेको प्रजिअ घिमिरेको भनाइ छ ।

यसैबीच मुम्बईबाट आएर लुकिछिपी सीमानाकाबाट प्रवेश गरी आफ्नो घर पुगिसकेका दुई जनालाई पनि वडाध्यक्षले क्वारेन्टिनमा पठाएका छन् ।

रौतहटको गढीमाई नगरपालिका २ समनपुरका गुल्चन भन्ने लालसरिफ चुरिहार र महम्मद रसुललाई चन्द्रपुरस्थित क्वारेन्टिनमा पठाइएको वडाध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी गराएका छन् ।

सञ्जय मित्र, रौतहट

 

प्रतिकृया दिनुहोस