समाचार शुक्रबार, जेठ २, २०७७

कोरोनाभाइरस संक्रमणः निको हुने १७ लाख, मृतक तीन लाख नाघे

हिमालखबर

कोरोनाभाइरस संक्रमणः निको हुने १७ लाख, मृतक तीन लाख नाघे
null

विश्वभर कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या १७ लाख र मृतकको संख्या तीन लाख नाघेको छ।

पछिल्लो तथ्यांकअनुसार विश्वमा अहिलेसम्म १७ लाख दुई हजार ११३ संक्रमित निको भएका छन्। त्यस्तै तीन लाख तीन हजार ७० जना उपचारपछि निको भएका छन्।

निको हुने र मृतक गरी २० लाख पाँच हजार १८३ वटा संक्रमण सकिएको छ। जसमध्ये ८५ प्रतिशत निको हुँदा १५ प्रतिशतले ज्यान गुमाएका छन्।

विश्वभर कूल संक्रमितको संख्या ४५ लाख २१ हजार १७४ पुगेको छ। निको भएका र मृतकबाहेक उपचाररत संक्रमितको संख्या २४ लाख ७० हजार ४७४ छ। तीमध्ये दुई प्रतिशत अर्थात ४५ हजार ५६६ जना मात्र गम्भीर बिरामी छन्।

सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा मृतकको संख्या ८६ हजार ९०० पुगेको छ। त्यहाँ बिहीबार १७ सय तीन जनाको मृत्यु भयो।

नयाँ ‘हट स्पट’ बनेको ब्राजिलमा बिहीबार ८३५ जनाको मृत्यु भयो। त्यहाँ कूल संक्रमितको संख्या दुई लाख नाघेको छ। मृतकको संख्या करीब १४ हजार पुगिसकेको छ।

प्रतिकृया दिनुहोस