थप समाचार बुधबार, वैशाख ३१, २०७७

आयल निगमले आफ्ना कर्मचारीको कोरोना बीमा गर्ने

रासस

आयल निगमले आफ्ना कर्मचारीको कोरोना बीमा गर्ने

नेपाल आयल निगमले आफ्ना सबै कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमणको पुष्टि भएमा रु एक लाख बराबरको जीवन बीमाको तयारी गरेको छ ।

निगम सञ्चालक समितिको बुधाबार बसेको बैठकले निगममा कार्यरत सम्पूर्ण कर्मचारी (करार अस्थायी, दैनिक ज्यालादारीसहित) लाई कोरोना संक्रमणको पुष्टि भएमा बीमा व्यवस्थाको प्रक्रिया अघि बढाइने निर्णय गरेको हो।

निगमका प्रवक्ता विनितमणि उपाध्यायले निगमका सबै कार्यालयमा कार्यरत कर्मचारी, पेट्रोलियम पदार्थको कार्य गर्ने कामदार, कर्मचारी, पेट्रोलियम पदार्थ बोक्ने ट्यांकर तथा ग्यास बुलेटका चालक तथा सहचालक, निगमका बिक्रेता, बोटलिंक प्लान्टका कर्मचारीसमेतको प्राथमिकताका आधारमा कोरोना परीक्षणका लागि सम्बन्धित निकाय मार्फत व्यवस्थापन गर्नेलगायत ६ बुँदे निर्णय भएको जानकारी दिए।

 

प्रतिकृया दिनुहोस