पूर्व उप-प्रधानमन्त्री केसीको स्वास्थ्य अवस्था सुधारोन्मुख
पूर्व उपप्रधानमन्त्री एवं राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको स्वास्थ्य अवस्था सुधारोन्मुख बन्दै गएको छ ।
८ मंसिरमा माइक्रोबस चढेर गौशालाबाट चावहिलतर्फ जाँदै गरेको अवस्थामा गौशालामा दुर्घटनामा परेका केसीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनका स्वकीय सचिव दुर्गा शर्माले जानकारी दिएका छन् ।
उपचारका लागि सिनामङ्गलस्थित केएमसी अस्पतालमा भर्ना भएका अध्यक्ष केसीको ढाड दुखेकाले चिकित्सकले फिजियोथेरापीका लागि सुझाव दिएका छन् भने अन्य अवस्था भने सामान्य रहेको बताइएको छ ।
७६ वर्षीय नेता केसीको टाउको र ढाडमा चोट लागेको थियो । डा अमित थापको समूह उनको उपचारमा संलग्न छ । रासस