फिस्टेल एयरको हेलिकप्टर दुर्घटना
गोरखाबाट काठमाडौं आउँदै गरेको फिस्टेल एयरको हेलिकप्टर नुवाकोटको बेलकोट -८ बेतिनीमा दुर्घटनाग्रस्त भएको छ।
सुत्केरी महिलालाई काठमाडौं ल्याउन गोर्खा गएको हेलिकप्टर काठमाडौं फर्किँदा दुर्घटनामा परेको हो । हेलिकप्टरमा एक बालकसहित ५ यात्रु रहेको जानकारी आए पनि उनीहरुको अवस्थाबारे विस्तृत खबर आइपुगेको छैन ।
उद्धारकालागि पठाइएको अर्को हेलिकप्टर दुर्घटनास्थल नजिकै अवतरण भइसकेको र केही बेरमा विस्तृत विवरण आउने फिस्टेल एयरले जनाएको छ ।