खेलकुद मंगलबार, वैशाख ३०, २०७७

लिग सुचारु गर्ने डेटलाइन सार्ने तयारी

हिमालखबर

लिग सुचारु गर्ने डेटलाइन सार्ने तयारी

यूरोपियन फुटबल महासंघ (यूईएफए) ले स्थगित भएको प्रिमियर लिग शुरु गर्ने अन्तिम मिति लम्ब्याउने तयारी गरेको छ । यसअघि २९ मेलाई अन्तिम समय तोकिएको थियो ।

तर, लिग शुरु हुने संभावना नभए पछि अन्तिम समय तालिका लम्ब्याउने तयारी गरेको हो । यूईएफएका अध्यक्ष एलेक्सान्देरले २९ मे लाई लिग शुरु हुने वा नहुने अन्तिम मिति तोकेका थिए ।

बेलायत सरकारले १ जुन भन्दा अगाडि खेल शुरु नगर्न निर्देशन दिएको छ । सरकारको यो निर्णयले यूईएफएको निर्णय प्रभावित भएको हो ।

लिग रद्द नहुने अवस्थामा अन्तिम मिति सार्नुको विकल्प नभएकाले अर्को निर्णयको तयारीमा यूईएफए जुटेको छ ।

प्रतिकृया दिनुहोस