समाचार मंगलबार, वैशाख ३०, २०७७

आइसोलेशन सेन्टर ढाँचा निर्देशिका तयार

रासस

आइसोलेशन सेन्टर ढाँचा निर्देशिका तयार
null

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र अन्य देशले गरेका प्रयत्नकोे अध्ययन गरेर नेपाली ढाँचाको ‘कोभिड आइसोलेशन सेण्टर’ निर्माण निर्देशिका तयार पारिएको छ।

विभिन्न क्षेत्रका विज्ञको सहभागिता र अन्तर्राष्ट्रिय अनुभवको अध्ययन गरेर आर्किटेक्टहरुको संस्था सोसाइटी अफ नेप्लिज आर्किटेक्टस (सोना) ले उक्त निर्दे्शिका तयार गरेको हो।

सोनाले आफूले तयार पारेको कोभिड–१९ संक्रमितको उपचारका लागि छुट्टै उपचार केन्द्र अर्थात् कोभिड आइसोलेशन सेण्टर निर्माण निर्दे्शिका आइतबार मन्त्रालयका विज्ञ सल्लाहकार डा खेम कार्कीलाई हस्तान्तरण गरिएको जनाएको छ।

समूहगत रुपमा छलफल गर्दा सरकारलाई सहयोग गर्ने उद्देश्यले नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी (नाष्ट) सँगको सहकार्यमा निर्दे्शिका तयार पारिएको सोनाका महासचिव सुरज खनालले बताए।

उनका अनुसार, निर्देशिका तयार पार्नुअघि विज्ञ टोलीले डब्लुएचओ, रोग नियन्त्रण तथा रोकथाम केन्द्र, राष्ट्रिय स्वास्थ्य सेवासहितका संस्थाका मापदण्ड र बंगलादेश, हङकङका साथै आर्किटेक्टहरुको एशियास्तरीय परिषद्लगायतले जारी गरेका निर्देशिकाको समेत अध्ययन गरिएको थियो।

उक्त निर्देशिकामा ५० शय्याको आइसोलेशन सेन्टर सरल तथा सहज निर्माणका लागि आवश्यक जनशक्तिलगायत विषयलाई समावेश गरिएको सोनाले जनाएको छ।

महासचिव खनालका अनुसार, उक्त निर्देशिका बमोजिम नेपालले पनि अन्य देश सरह अधिक जनशक्ति प्रयोग गरेर छोटो समयमा नै आइसोलेशन सेण्टर निर्माण गर्न सक्नेछ।

प्रतिकृया दिनुहोस