समाचार सोमबार, वैशाख २९, २०७७

सप्तरीमा थपिए एक जना कोरोना संक्रमित

हिमालखबर

सप्तरीमा थपिए एक जना कोरोना संक्रमित

नेपालमा थप एक जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। सोमबार सप्तरीका एक युवामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ का १८ वर्षीय पुरुषमा संक्रमण देखिएको मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १ सय २१ पुगेको छ।

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणबाट सप्तरीका युवामा संक्रमण पुष्टि भएको हो।

यसअघि सोमबार बिहान कपिलवस्तुमा १० जनामा संक्रमण पुष्टि भएको थियो।

हालसम्म नेपालमा कूल संक्रमितमध्ये ३१ जना उपचारपछि निको भएका छन्।

प्रतिकृया दिनुहोस