थप समाचार सोमबार, वैशाख २९, २०७७

बेलायती प्रधानमन्त्रीको घोषणा, "काममा फर्क, तर सार्वजनिक यातायात नचढ"

हिमालखबर

बेलायती प्रधानमन्त्रीको घोषणा, "काममा फर्क, तर सार्वजनिक यातायात नचढ"

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले घरबाट काम गर्न नसकेकालाई आइतबारबाट काममा फर्कन आग्रह गरेका छन्। तर, उनीहरुले सार्वजनिक यातायात प्रयोग गर्न भने पाउने छैनन्।

प्रधानमन्त्री जोनसनले आफ्नो सम्बोधनमा विशेष गरी निर्माण र उत्पादनसँग सम्बन्धित व्यक्तिलाई काममा फर्कन पाउने छुट दिइएको घोषणा गरेका हुन्। तर, यो साता बन्दाबन्दी खुलाउने कुनै योजना भने नभएको प्रधानमन्त्रीले बताएक छन्।

बुधबारदेखि मान्छेहरुलाई पार्कमा जाने, व्यायाम गर्ने र ‘सन बाथ’ लिने छुट पनि दिइएको छ। प्रधानमन्त्री जोनसनले यसरी नै विस्तारै बेलायतलाई खुला गरिने घोषणा गरेका छन्।

उनले यसैगरी पसलहरु नियमित खुल्ने पनि बताएका छन्। विद्यालय भने आगामी १ जुनदेखि खुल्न सक्ने उनको भनाइ छ। पहिला प्राथमिक विद्यालय खोल्ने उनले बताए।

जोनसनले होटलजस्ता आतित्थ्य सत्कार व्यवसाय पनि खोल्दै जाने बताएका छन्। तर, त्यसलाई कोरोनाभाइरस संक्रमितको संख्याले निर्धारण गर्ने उनको घोषणा छ। हवाइजहाजबाट बेलायत आउनेले भने अनिवार्य १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने भएको छ।

प्रतिकृया दिनुहोस