ब्लग सोमबार, वैशाख २९, २०७७

सँगै नजाउँ भो !

हिमालखबर

सँगै नजाउँ भो !

–सुनिता बराल

व्यक्ति एक्लो जन्मिन्छ, एक्लो नै देहत्याग गर्छ।

मानवीय चेतनाले जन्म, मृत्यु आदि संस्कार बनाए होलान्, तबदेखि यो प्रक्रिया निरन्तर छ।

प्रसंग कोरोनाभाइरस र बन्दाबन्दीकै हो । तर, अलि पुराना घटना स्मरण गरौं।

पहिला हामी सुन्थ्यौं, लण्डनका राजकुमारले लगाएको बेली प्यान्ट बलिउडमा अमिताभ बच्चनले लगाउने समय केही सालको फरक हुन्थ्यो । हाम्रा दुरदराज गाउँमा पुग्दा त ती फेसन पुराना हुन्थे ।

अब त्यस्तो समय रहेन । जर्मन चान्सलर एन्जेला मर्केलको ‘आउट फिट’ टिभीमा देखेको एक घण्टामा हामीले लगाउन सक्ने भयौं।

ब्रिट्नी स्पेयरको जस्तो नेक्लेस लगाउन ‘फेसन आउट’ हुनुपर्दैन । ‘गङ्नम स्टाइल’ मा नाच्न अर्नेस्ट हमिङ्वेको ‘ओल्ड म्यान एण्ड सी’ जस्तो कुनै किताबका कथा पढ्नु पर्दैन।

विश्वव्यापीकरणका विज्ञ पामर, थोमस फ्राइड म्यान वा नोम चोम्स्की र हर्मन ई. डेल्लीले जे व्याख्या गरे पनि यसको शुरुआत १६औं सदीमा पोर्चुगिज विस्तारवादले गरेको हो, जुन ‘गोल्ड स्ट्याण्डर क्राइसिस’ सम्म आइपुग्दा ध्वस्त भएको थियो । १५औं र १७औं शताब्दीमा चिया, सूती र चिनीको प्रयोग विश्वव्यापी बन्यो । बिस्तारै खुर्सानी र मसलाले संसार ढाक्यो । र, त्यही समयदेखि रोग पनि विश्वव्यापी भए ।

कुष्ठरोग, दादुरा, प्लेग, ठेउला, चिकन गुनिया, मलेरिया, टीबी, एड्स हुँदै कोरोनाभाइरससम्म आइपुग्दा कुनै देशविशेषले उत्पादन गरेको औषधि खरीद भएको छ । तर, महामारी र महाव्याधि भने विश्वव्यापी र साझा समस्या भएका छन्, भलै सबै रोगलाई ‘होस्टाइल टु हुमानिजम’ भनिए पनि हरेक व्यक्ति रोगसँग एक्लै लडिरहेका छन्।

यता औषधि सामग्रीको व्यापार भने सुनिनसक्नु छ । विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार केवल १० देशले संसारका ७५ प्रतिशत औषधिजन्य उत्पादन र निर्यात गर्छन् । कोरोनाको संक्रमणमा अत्यावश्यक देखिएका मेडिकल मास्क, भेन्टिलेटर र रबर ग्लोब्सहरू केवल तीन देशले संसारभर निर्यात गर्छन्।

अहिले कोरोनाले यो युगलाई प्रश्न गरिरहेको छ, “के पश्चिमा संस्कृति, पद्धति र व्यवहार सही थिए ? कुरा नमस्तेमै काफी छैन र?”

सन् १९८४ मा लैला फिल्ममा अनिल कपुर र पुनम ढिल्लोंले ‘साथ जियङ्गे, साथ मरेङ्गे हम तुम’ भन्दै नाचेका थिए । अहिले त्यो सन्दर्भ मिल्न छाड्यो । साथै जिउनु छ भने अलग्गै बस्नुपर्ने भएको छ, अझै केही समय।

संक्रमितको संख्या बढेको बढ्यै छ । सरकारले करोडौं रुपैयाँ राहतमा खर्च गरेको भनिरहेको छ । यत्रो खर्च गरेको भए हामी आफू, आफ्नो समुदाय, समाज र राष्ट्र जोगाउन किन घरै नबस्ने ? आफ्नो वरिपरि कोही नयाँ व्यक्ति आउँदा किन प्रहरीलाई खबर नगर्ने ? यो जटिल प्रश्न हो।

सरकारले बन्दाबन्दी घोषणा गरेपछि आएका मानिसबाट कोरोना फैलिएको छ, यसमा सरकार एक्लै केही गर्न सक्दैन । अधिकारको कुरा गरेर नथाक्ने हामी आफ्नो जिम्मेवारी पूरा गर्न पन्सिनुहुँदैन । सबैले जानिसक्यौं कि एक संक्रमितबाट थुप्रै संक्रमित बढ्छन् । हिन्दीमा एउटा हरफ छ, जो यहाँ मेल खान्छ–

मै अकेला ही चला था जानिब–ए–मंजिल मगर
लोग साथ आते गए और कारवाँ बनता गया

नेपालगञ्ज र उदयपुरका घटनाले त माथि उल्लिखित हरफ नै संक्रमित बढाउने तरिका बताउँदैछ।

हामी हाम्रा नागरिकको ज्यान जोगाउने मात्रै लडाइँमा छैनौं । करीब २०० वर्ष पश्चिमाहरूले एशियामा गरेको व्यापार उल्टिएको छ।

कोरोनाको उद्गम भनिएको चीन, अनियन्त्रित ढङ्गले फैलिएको कोरिया, सिंगापुर आदिले गरेको नियन्त्रण, औषधोपचार र घटाएको मृत्युदरले एशियाली सरकरहरूको शासकीय शैली पनि विश्वव्यापी चर्चाको विषय भयो । एशियाली मुलुकमा नेपालले कोरोनाबाट नागरिकको ज्यान नगुमाउने अवस्था सिर्जना गरेर उदाहरण बन्ने अवसर छ।

अहिले आफ्ना नागरिकको ज्यान जोगाउने सवालमा यूरोप र अमेरिका एशियाभन्दा कमजोर देखिएका छन् । बन्दाबन्दी र जाँच नै कोरोना नियन्त्रणको उपाय भएको विश्व स्वास्थ्य संगठनले बताइसकेको छ।

विधिशास्त्रका विद्वान् हफिल्डले भनेका छन्, “अधिकार र कर्तव्य एउटै सिक्काका दुई पाटा हुन् ।” दायित्व पूरा नगर्नेले अधिकार खोज्नु बेइमानी हो । अनि जनअधिकार सुनिश्चित गर्न नसक्ने राज्यले जनतासँग कर्तव्यको मात्र अपेक्षा राख्नु पनि बेइमानी हो।

हामीले डेढ महीना बन्दाबन्दीमा बिताइसकेका छौं । अब यो अवधि ‘काउण्ट डाउन’ मा परिणत हुँदैछ । छिट्टै पूर्ण वा आंशिक रूपमा बन्दाबन्दी खुकुलो हुनुपर्छ । तर धेरै मानिसलाई सरकारले बाध्य पारेर घरै राखेको जस्तो लागेको होला । यो गलत हो । पहिला आफ्नो ज्यानको सुरक्षा सोचौं।

विधिशास्त्रका विद्वान् हफिल्डले भनेका छन्, “अधिकार र कर्तव्य एउटै सिक्काका दुई पाटा हुन् ।” दायित्व पूरा नगर्नेले अधिकार खोज्नु बेइमानी हो । अनि जनअधिकार सुनिश्चित गर्न नसक्ने राज्यले जनतासँग कर्तव्यको मात्र अपेक्षा राख्नु पनि बेइमानी हो।

एकैछिन बन्दाबन्दीलाई बहुउपयोगी बनाउने कुरा गरौं।

१३औं शताब्दीमा मध्यएशियाबाट शुरु भएको प्लेग १६औं शताब्दीको मध्यपछि युरोप पुग्दा संसारले ‘गुरुत्वाकर्षण सम्बन्धी विश्वव्यापी नियम’ पायो । (तपाईंको जानकारी र प्रेरणाको लागि यो कुरा थप्नु उचित देखिएकोले समावेश गरेको हुँ ।)

सन् १६६१ मा सर आईज्याक न्यूटन क्याम्ब्रिज युनिभर्सिटी, ट्रिनिटी कलेजमा भर्ना भएका थिए । त्यहाँको पाठ्यक्रम देखेर उनी उदास बने । उनीसँग त्यति लामो समय थिएन।

अहिले काठमाडौंबाट गाउँ जाने र उता नजिकको जिल्लामा संक्रमित देखिंदा फेरि काठमाडौं भाग्ने जस्तै चलन थियो लण्डनमा पनि । सन् १६६५ जुलाईमा तत्कालीन राजा चाल्‍र्स द्वितीय पनि अन्य व्यापारीहरू झैं प्लेगबाट बाँच्न भागेर अक्सफोर्ड पुगेका थिए।

त्यत्तिकैमा सन् १९६५ मा लण्डनमा प्लेग फैलियो । करीब १८ महीनामा उक्त प्लेगले लण्डनको एकचौथाइ जनसंख्या अर्थात् करीब ९१ लाखलाई मृत्युको मुखमा पुर्‍याएको थियो।

अहिले काठमाडौंबाट गाउँ जाने र उता नजिकको जिल्लामा संक्रमित देखिंदा फेरि काठमाडौं भाग्ने जस्तै चलन थियो लण्डनमा पनि । सन् १६६५ जुलाईमा तत्कालीन राजा चाल्र्स द्वितीय पनि अन्य व्यापारीहरू झैं प्लेगबाट बाँच्न भागेर अक्सफोर्ड पुगेका थिए।

२८ वैशाखमा न्यूरोड, नेपाल एयरलाइन्सको कार्यालय अगाडि बिहान १०ः३० मा सवारी साधनको जाम । तस्वीरः मनिष पौडेल

सो महामारीबाट बच्न क्याम्ब्रिज बन्द भयो । अहिलेको बन्दाबन्दी जस्तै स्थिति भयो । न्यूटन पनि घर गए । त्यही अवस्थामा एकदिन उनले स्याउ खसेको देखे । अनि सोच्न थाले स्याउ तल मात्रै किन खस्यो ? माथि किन गएन ? त्यसपछि गुरुत्वाकर्षण सम्बन्धी विश्वव्यापी नियम पत्ता लागेको थियो।
त्यसैले यो घरबसाइलाई सक्दो सदुपयोग गरौं।

तपाईं–हामी एक्लै बस्यौं भने कोरोना नियन्त्रण हुन्छ । हामीले आफ्नो संयम गुमायौं, सडकको वस्तुस्थिति बुझ्न थाल्यौं, टोल–छिमेकमा पाहुना लाग्न जान थाल्यौं, अतिथि सत्कारको संस्कार देखाउन थाल्यौं भने हामी पनि संक्रमित हुने निश्चित छ।

सिकागो बूथ स्कूलका दुई जना प्रोफेसरको अनुसन्धानले भन्छ, “मानिस सामाजिक प्राणी भएकोले उसको बाह्य मस्तिष्क सामाजिक रुचि, उत्तेजना र जटिलतासँग जोडिन्छ ।” त्यसैले आफ्नो मन नियन्त्रण गरौं।

सो अनुसन्धानले भनेको छ, “सामाजिक जीवन, सामाजिक घृणा वा एकान्तवास जस्ता कुराले मानिस दुःखी मात्रै हुँदैन समयभन्दा पहिल्यै मृत्यु समेत हुन्छ ।” तर अहिलेको अवस्था त्यस्तो छैन । सबैले संयम अपनाउँदा आफू, आफ्ना प्रिय आफन्त र समाज नै बचाउन सकिन्छ।

एक्लै जन्मेको, एक्लै नै मरौंला । संक्रमितको सम्पर्कमा पुगेर सँगै मर्ने धृष्टता नगरौं।

घरै बसौं।

प्रतिकृया दिनुहोस