समाचार आइतबार, वैशाख २८, २०७७

थप एक जनालाई कोरोनाभाइरस संक्रमण, संक्रमितको संख्या ११० पुग्यो

हिमालखबर

थप एक जनालाई कोरोनाभाइरस संक्रमण, संक्रमितको संख्या ११० पुग्यो
null

उदयपुरको भुल्केमा थप एक महिलालाई कोरोनाभाइरस संक्रमण भएको फेला परेको छ। अब नेपालमा जम्मा संक्रमितको संख्या ११० पुगेको छ।

भुल्केमा ४३ वर्षीया महिलालाई संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हिजो मात्र भुल्केका तीन जनामा संक्रमण भएको फेला परेको थियो।

संक्रमित महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको र उनी स्वास्थ्य संस्थाको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।

प्रतिकृया दिनुहोस