खेलकुद शुक्रबार, वैशाख २६, २०७७

सुरु हुन थाले युरोपियन लिग, बुन्डेसलिगा आगामी साताबाट

हिमालखबर

सुरु हुन थाले युरोपियन लिग, बुन्डेसलिगा आगामी साताबाट

कोरोनाभाइरस संक्रमणपछि रोकिएको जर्मनीको लिग फुटबल बुन्डेसलिगा आगामी साताबाट सुरु हुने भएको छ। बुन्डेसलिगा कोरोनाभाइरस संक्रमणपछि सुरु हुने यो पहिलो युरोपियन लिग हुने भएको छ।

तर, लिगका बाँकी सबै खेल दर्शकबिना नै खेलाइने बीबीसीको समाचारमा उल्लेख छ। पहिलो खेल साल्के र बुरुसिया डर्टमन्डविरुद्धको ‘डर्बी’ भिडन्त हुनेछ।

लिग तालिकाको शीर्ष स्थानमा डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिख छ। म्युनिखको ५५ र बुरुसिया डर्टमन्डको ५१ अंक छ।

म्यनिखले अर्को आइतबार युनियन बर्लिनको मैदानमा खेलेर बाँकी लिगको थालनी गर्नेछ। अधिकांश क्लबले चालु सिजनमा नौ खेल खेल्न बाँकी छ।

जर्मन फुटबल एसोसिएसनले रंगशालामा बढीमा ३०० जना मात्र हुने जनाएको छ। ती खेलाडी, स्टाफ र अफिसियल हुनेछन्। सबैको स्वास्थ्य जाँचपछि मात्र खेलमा सहभागी हुने अनुमति हुनेछ।

बुन्डेसलिगा १३ मार्चदेखि स्थगित थियो। अप्रिल मध्यबाट क्लबहरुलाई खेलाडी प्रशिक्षण गर्न छुट दिइएको थियो।

योसँग स्थगित भएका अन्य युरोपियन लिग पनि सुरु हुने अपेक्षा गरिएको छ। इङ्लिस प्रिमियर लिग (इपीएल) भने कम्तीमा जुन पहिलो साताबाट मात्र चालु हुनेछ।

प्रतिकृया दिनुहोस