समाचार मंगलबार, वैशाख २३, २०७७

नेपालगञ्जमा थप सात जनालाई कोरोनाभाइरस संक्रमण, नौ वर्षीया बालिका पनि संक्रमित

हिमालखबर

नेपालगञ्जमा थप सात जनालाई कोरोनाभाइरस संक्रमण, नौ वर्षीया बालिका पनि संक्रमित
null

नेपालगञ्जमा थप सात जनालाई कोरोनाभाइरस संक्रमण भएको छ। योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ८२ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस विज्ञप्ति प्रकाशित गरी सात जना संक्रमित थपिएको जनाएको हो। मन्त्रालयका अनुसार भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा भएको पिसिआर परीक्षणमा उनीहरुलाई संक्रमण भएको देखिएको हो।

नौ वर्षीया बालिकालाई पनि संक्रमण भएको छ। संक्रमितमध्ये अन्य तीन महिला र तीन पुरुष छन्। बालिकाबाहेक ३२, ३४ र ५५ वर्षीया महिला तथा २२, ३० र ४० वर्षका पुरुष छन्।

सबै जनाको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ। उनीहरुको स्थानीय अस्पतालमा उपचार जारी छ।

नेपालगन्जमा नै यसअघि फेला परेका १६ समेत संक्रमितको संख्या २३ पुगेको छ।

नेपालगञ्जका पहिलाे संक्रमितकाे सम्पर्कमा रहेका र अन्य गरि शनिबार ९० जनाकाे स्वाब नमूना संकलन भएकाे थियाे । अहिले पुष्टि भएका संक्रमितहरू त्यही स्वाब परिक्षणमा देखिएकाे हाे । थप केहीकाे रिपाेर्ट अझै बाँकी रहेकाले संक्रमित संख्या बढन सक्ने छ । 

प्रतिकृया दिनुहोस