कला/साहित्य सोमबार, वैशाख २२, २०७७

दिवेश पोखरेल अमेरिकन आइडलको शीर्ष १० मा

हिमालखबर

दिवेश पोखरेल अमेरिकन आइडलको शीर्ष १० मा

नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडलको शीर्ष १० मा पुगेका छन् । जोन डेनभरको चर्चित गीत ‘कन्ट्री रोड’ गाउँदै उनी शीर्ष १० पुगेका हुन्।

उनको प्रर्दशनमा निर्णायकले यसपटक पनि तारिफ गरेका थिए । अमेरिकन आइडलको १८औं शृंखलाको निर्णायकमा लुक ब्रायन, केटी पेरी र लिओनेल रिची छन् ।

शीर्ष १० मा छनोट भएपछि दिवेशले फेसबुकमार्फत आफ्ना समर्थकहरुलाई धन्यवाद दिएका छन् । उनले संसारभरबाट आफूलाई ठूलो माया र हौसला प्राप्त भइरहेको फेसबुकमा उल्लेख गरेका छन् ।

यसअघि उनले फेसबुकबाटै आफ्ना लागि भोटको अपिल गरेका थिए । उनले आफ्नो फेसबुक पेजमार्फत नेपाली भाषामा बोल्दै भोट मागेका थिए ।

अमेरिकन आइडलमा एसएमएस, अमेरिकन आइडलको वेबसाइट र अमेरिकन आइडलको एप डाउनलोड गरेर भोट गर्न सकिने व्यवस्था मिलाएको छ । तीनवटा माध्यमबाट एकजनाले १० पटक गरेर ३० भोट गर्न सकिन्छ ।

२० वर्षीय दिवेश ६ वर्षदेखि अमेरिकामा बस्दै आएका छन् ।

काठमाडौंको एस कलेज इन्स्टिच्यूटमा व्यवस्थापनमा प्लस टु उत्तीर्ण गरेपछि उनी अमेरिका गएका थिए । संगीतमा समर्पित भएर लागेको भने दुई वर्ष मात्रै भयो ।

उनले आफ्ना गीतमा आफैँ रचना, संगीत र गाउने गर्छन् । अमेरिकन आइडलमा दिवेशले आफूलाई ‘अर्थर गन’ नामले चिनाएका छन् ।

प्रतिकृया दिनुहोस