केही सञ्चार माध्यम मुलुकलाई अस्थिरतातर्फ धकेल्दैछन् : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई अस्थिरता तर्फ धकेल्ने प्रयास भइरहेको बताएका छन्। अन्तर्राष्ट्रिय श्रमिक दिवसको सन्दर्भमा भिडियो सन्देश सार्वजनिक गर्दै मुलुकलाई अस्थिरता तर्फ धकेल्ने प्रयास सफल हुन नदिने बताएका छन्।
मुलुकलाई अस्थिरता तर्फ धकेल्न नेपालका केही सञ्चार माध्यमहरु र सामाजिक सञ्जालहरु लागी परेको प्रधानमन्त्री ओलीले बताए।
उनले भने, “आज नेपालका केही सञ्चार माध्यमहरु र सामाजिक सञ्जालहरुमा पनि स्थिरता, स्थायित्व र विकासका विरुद्ध देशलाई अस्थिरता तर्फ धकेल्ने प्रकृत्तिका प्रयासहरुको समाचार सम्प्रेषण र चर्चा भइरहेको देखिन्छ।” प्रधानमन्त्री ओलीलेले सम्पूर्ण नेपाली जनता र सिंगै विश्व कोरोना महामारी विरुद्ध लडिरहेको मौका छोपेर अस्थिरता प्रयास हुनु दुखद् भएको बताए।
स–साना स्वार्थ वा कुनै गलत उद्देश्यका साथ परिस्थितिलाई बिथोल्ने र बिगार्ने प्रयास भइरहेको प्रधानमन्त्री ओलीले बताए। उनले भने, “त्यस्ता प्रयास सफल हुन दिइने छैन भन्नेमा म सबैलाई आश्वस्त पनि पार्न चाहन्छु।”
अहिलको परिस्थितिमा व्यक्तिगत आकांक्षाको आकाशतिर होइन जनता भएतिर हेर्नुपर्ने बताए।