कला/साहित्य विहीबार, वैशाख १८, २०७७

ऋषि कपूरले लेखेथे, ‘नेपाललाई मेरो समर्पण’

हिमालखबर

ऋषि कपूरले लेखेथे, ‘नेपाललाई मेरो समर्पण’

सन् १९८९ मा रिलिज भएको बलिउड चलचित्र ‘खोज’को छायांकनको सिलसिलामा ऋषि कपूर नेपाल आएका थिए।

उनीसँगै आएका थिए, कलाकार नसिरुद्दीन शाह, किमी काटकर, सतिश शाह र अन्य।

चलचित्रका केही दृश्यका छायांकन धुलिखेलमा पनि गरिएको थियो।

केशु रामसे निर्देशित यस चलचित्रको कथामा एक श्रीमान—श्रीमती (ऋषि कपूर र किमी काट्कर) बिदा बनाउन काठमाडौं आउँछन् । अचानक एक दिन श्रीमती रहस्यमय ढंगले हराउँछिन्।

श्रीमतीको खोजीमा नायकले प्रहरीमा जाहेरी दिन्छन् । तर, एक दिन जब श्रीमती भेटिन्छिन्, नायकले ती महिला आफ्नी श्रीमती नभएको बताउँछन्। चलचित्रकको कथा यसैमा केन्द्रित छ।

चलचित्रमा प्रहरीको भूमिकामा नसिरुद्दीन, चर्चका फादर डेनीको पनि जबर्जस्त अभिनय रहेको छ।

आफ्नो यही चलचित्र बारे स्मरण गर्दै कपूर नेपालको सम्झना गरेका हुन्।

सन् २०१५ मे ५ को आफ्नो ट्वीटमा कपूरले चलचित्र ‘खोज’को बारे टिप्पणी गर्दै फिल्म राम्रो भएको, नसिर— डेनी— किम— सतिशसँगको काम मनपरेको बताएका छन् । चलचित्रको कथा बेलायती एक नाटकबाट लिइएको जानकारी दिँदैं ट्वीटमा उनले अन्त्य भने निर्देशकले चौपट पारेको लेखेका छन्।

ट्वीटका अन्त्यमा कपूरले लेखेका छन्—माई ओड टु नेपाल अर्थात् नेपाललाई मेरो समर्पण।

क्यान्सर पिडित कपुरको ६७ वर्षको उमेरमा बिहीबार निधन भएको छ।

 

प्रतिकृया दिनुहोस