खेलकुद मंगलबार, वैशाख १६, २०७७

पाकिस्तानी क्रिकेटर उमर अक्मललाई तीन वर्षको प्रतिबन्ध

हिमालखबर

पाकिस्तानी क्रिकेटर उमर अक्मललाई तीन वर्षको प्रतिबन्ध

पाकिस्तानी क्रिकेट बोर्ड (पीसीबी) ले उमर अक्मललाई सबै स्वरुपको क्रिकेटमा तीन वर्षको प्रतिबन्ध लगाएको छ। सबै स्वरुपको क्रिकेटमा गरी पाकिस्तानबाट २२१ खेल खेलिसकेका अक्मललाई भ्रष्ट आचरण गरेको प्रतिवेदनको आधारमा प्रतिबन्ध लगाइएको हो।

पीसीबीले उनलाई दुई वटा भ्रष्टाचारविरुद्धका बुँदा उल्लंघन गरेको र दुई वटा अनावश्यक पहुँचका बारे जानकारी नदिएको आरोप लगाएको छ। यसअघि गत फेब्रुअरीमा भ्रटाचारविरोधी इजलासमा बयान दिन अस्वीकार गरेपछि उनलाई सबै स्वरुपका क्रिकेटबाट निलम्बन गरेर अनुसन्धान अघि बढाइएको थियो।

पीसीबीको एन्टी करप्सन एण्ड सेक्युरिटी निर्देशक आसिफ मोहम्मदले कुनै पनि खेलाडीका भ्रष्टाचारजन्य गतिविधिलाई छुट दिन नसक्ने बताए । उनले अन्य पाकिस्तानी खेलाडीलाई पनि यस्ता गतिविधिमा नलाग्न र भष्टाचारजन्य गतिविधिबारे जानकारी भए वा प्रस्ताव आए तुरुन्तै जानकारी दिन भनेका छन्।

उमर अक्मलले २०१९ मा पाकिस्तानका तर्फबाट डेब्यु गरेका थिए। १९ वर्षमा डेब्यु टेस्टमै उनले सेन्चुरी प्रहार गरेका थिए। उनले १६ टेस्ट, १२१ एकदिवसीय अन्तराष्ट्रिय र ८४ टी२० अन्तराष्ट्रिय खेलेका छन्। अक्मलका दाजु कमरान र भाइ अद्नान अक्मलले पनि पाकिस्तानबाट खेलिसकेका छन्।

प्रतिकृया दिनुहोस