समाचार आइतबार, वैशाख १४, २०७७

सफा र चिटिक्क तिलोत्तमा, स्थानीय सरकारको नमूना काम (फोटो फिचर)

मुकेश पोखरेल

सफा र चिटिक्क तिलोत्तमा, स्थानीय सरकारको नमूना काम (फोटो फिचर)
योगिकुटिमा निर्माण गरिएको पार्क । तस्वीरहरु: मुकेश पाेखरेल

सफा सडक। सडकको छेउमा सफा पार्क। सार्वजनिक शौचालय पनि सफा । झलमल सडक बत्ती । झट्ट सुन्दा विकसित मुलुकको झल्को आउन सक्छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले यस्तै उदाहरणीय काम गरेको छ ।

नगरभित्रका सडकमा सोलार बत्ती विस्थापित गरेर विजुलीबत्ती राखिएको छ । यसका लागि नेपाल विद्युत प्राधिकरणलाई वार्षिक रु.५० लाख भुक्तानी गर्ने सम्झौता गरेको छ ।

नगरपालिकामा प्लाष्टिक निशेध गरिएको छ । जथाभावी फोहर फाल्नेलाई जरिवाना गरिन्छ । सडकहरुलाई कालोपत्रे गरेर दुरुस्त राखिएको छ । विभिन्न संघसंस्था र स्थानीयले साथ दिएपछि नगरपालिका सुन्दर तिलोत्तमा बनाउने अभियानमा सफल हुँदैछ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाकाे सुन्दर, सफा सडक ।
नगरपालिकाले सिद्धार्थ राजमार्गको बीचमा बनाएको फूलबारी ।
सडक छेउमा राखिएको डस्टबिन । हरेक टोल तथा सार्वजनिक स्थानमा यस्ता डस्टबिन राखिएको छ ।
नगरपालिकाले सिद्धार्थ राजमार्गको बीचमा बनाएको फूलबारी ।
सडक किनारामा रोपिएका विरुवालाई सिंचाइको लागि राखिएका पानी ट्यांकी ।
सडक छेउमा निर्माण गरिएका बायो सार्वजनिक शौचालय । नगरपालिकाले मुख्य राजमार्गमा १३ वटा यस्ता शौचालय बनाएको छ ।
राजमार्गबीचमा बनाइएका बुद्धमूर्ति । नगरपालिकाले आफ्नो सीमाना क्षेत्रभित्र पर्ने १५ किमि राजमार्गमा ३७ वटा बुद्धमूर्ति राखेको छ ।

 

प्रतिकृया दिनुहोस