कला/साहित्य शनिबार, वैशाख ६, २०७७

बन्दाबन्दीले रोजीरोटी बन्द भएपछि गाउँ फर्की जानेहरू {तस्वीर}

बिक्रम राई

बन्दाबन्दीले रोजीरोटी बन्द भएपछि गाउँ फर्की जानेहरू {तस्वीर}
तस्वीर: बिक्रम राई

बन्दाबन्दीले उद्योग धन्दा र कलकारखानाहरू बन्द भएपछि दैनिक ज्याला मजदूरी गरेर गर्जो टार्ने मजदूर गाउँ फर्की रहेका छन् । लामो छोटो दूरीका सबै यातायातहरू बन्द भएपछि र सहरमा खान बस्नै समस्या भएपछि उनीहरू पैदलै बाटो लागिरहेका हुन् ।

गाउँ फर्कीरहेका मानिसलाई पुलिस प्रशासनले जहाँको तहीँ रोक्न थालेपछि अहिले मजदूरहरू राजमार्ग छलेर भित्री बाटाहरूको प्रयोग गरिरहेका छन् । 

राजधानीको बौद्ध, हरीसिद्धी, र कलंकी क्षेत्रमा काम गर्ने मजदूर बन्दाबन्दीको मिती कहिले सकिने हो भन्ने तय नभएपछि घर हिँडे । सिन्धुली जान हिँडेका उनिहरू राजमार्गको बाटोमा प्रहरीले रोक्छ भन्ने सुनेपछि ललितपुरको लुभुबाट भएर झर्ने पूरानो बाटोबाट हान्निदै थिए । त्यसरी जानेमा अधिकांश बालबालिका र महिलाहरू छन् ।

बाटोमा सवारी साधन भेटिएपछि उनीहरू त्यसैमा लिफ्ट मागेर भए पनि बाटो कटाइरहेका छन् । कतिपय भारी बोकेर पैदलै हिँडिरहेका दृश्यहरू प्रशस्तै देख्न सकिन्छ ।

प्रतिकृया दिनुहोस