असिनापानीले दश लाख बढीको तरकारी नष्ट
असिनापानीले म्याग्दीको बेनी नगरपालिकामा लाखौँको तरकारी नष्ट गरेको छ ।
१४ फागुनको राति १२ बजेदेखि परेको भीषण असिनापानीले बिक्री गर्ने तयारीमा रहेको तरकारी खेतीमा क्षति पुर्याएको हो ।
असिना र पानीले बन्दा, काउली, आलु, गाजर, रायोसाग, लसुन, प्याज, मुलालगायतका बेमौसमी तरकारी खेतीमा क्षति पु¥याएको कृषकहरुले बताएका छन् ।
नगरपालिकाको ज्यामरुककोट, खबरा, बगरफाँट, राक्से, सिङ्गा, तातोपानीलगायतका क्षेत्रमा लगाइएको तरकारी खेती असिनापानीले नष्ट गरिदिएको हो ।
असिनापानीका कारण खबरामा मात्रै रु १० लाख मूल्य बराबरको तरकारीमा क्षति पुगेको विगत ४० वर्षदेखि व्यावसायिकरूपमा तरकारी खेती गर्दै आएका अगुवा किसान चन्द्रबहादुर कार्कीले बताए । कार्कीले आफ्नोमात्रै रु चार लाख बराबरको तरकारीमा क्षति पुगेको बताए ।
असिनाले खबरामा लगाइएको केरा खेतीमा पनि असर पु¥याएको छ । बिक्रिका लागि तयार भएको तरकारी बाली असिनापानीले नष्ट गरेपछि किसान चिन्तित बनेका छन् । -रासस