खेलकुद बुधबार, वैशाख ३, २०७७

अनिश्चितकालका लागि आईपीएल स्थगित

हिमालखबर

अनिश्चितकालका लागि आईपीएल स्थगित

इण्डियन प्रिमियर लिग (आईपीएल) अनिश्चितकालका लागि स्थगित गरिएको छ । कोरोना महामारीका कारण भारत सरकारले ३ मे सम्म बन्दाबन्दी घोषणा गरेपछि आईपीएल अनिश्चित कालका लागि स्थगित गरिएको हो ।

बीसीसीआईले महामारीका कारण आईपीएल अनिश्चित कालका लागि स्थगित गरिएको सबै फ्रेन्चाइजी टीम र टेलिभिजन प्रशारकहरुलाई जानकारी दिएको छ । तर, बीसीसीआईका अध्यक्ष सौरभ गांगुलीले आईपीएल रद्ध भने नभएको बताएका छन् । उनले स्थगित भए पनि रद्ध भने नगरिएको जानकारी फ्रेन्चाइजी टीमहरुलाई दिएका छन् ।

बीसीसीआईका अध्यक्ष गांगुली र सचिव जय साहले सहज अवस्था हुनासाथ आईपीएल हुने जानकारी गराएका छन् । तर, यसको टुंगो भने महामारीको अवस्थाले निर्धारण गर्नेछ ।

कोरोनाको संक्रमण नरोकिए पछि प्रधानमन्त्री नरेन्द्र मोदीले ३ मे सम्मका लागि बन्दाबन्दी थप भएको घोषणा गरेका छन् । यसअगाडि २१ दिनका लागि घोषणा गरिएको बन्दाबन्दी मंगलबार सकिएको थियो ।

भारतमा महामारीका कारण ११ हजार बढी संक्रमित देखिएका छन् भने ३ सय बढीको मृत्यु भइसकेको छ ।

प्रतिकृया दिनुहोस