खेलकुद बुधबार, वैशाख ३, २०७७

एएफसीद्वारा सवै खेल गतिविधि दुई महीनाका लागि स्थगित

हिमालखबर

एएफसीद्वारा सवै खेल गतिविधि दुई महीनाका लागि स्थगित

एशियाली फुटबल संघ (एएफसी) ले आगामी दुई महीनाका लागि तय गरिएका सम्पूर्ण प्रतियोगिता अनिश्चितकालका लागि स्थगित गरेको छ । एएफसीले अर्को सूचना नभएसम्मका लागि कुनै पनि प्रतियोगिता सञ्चालन नगर्ने जनाएको हो ।

यसअघि मे र जुन महीनाका लागि विभन्न प्रतियोगिता सञ्चालन गर्न एएफसीले तालिका सार्वजनिक गरेको थियो । विभिन्न देशले कोरोना भाइरस विरुद्ध लड्नु परिरहेको भन्दै प्रतियोगिता स्थगनको निर्णय लिनुपरेको एएफसीले जनाएको छ ।

सन् २०२० मा हुने भनिएको एएफसी च्याम्पियन लिग र एएफसी कप ग्रुप स्टेज प्रतियोगिता पूरा गर्नेबारे सहभागी देश तथा संघसित समन्वय गरी विकल्प खोज्ने एएफसीले जनाएको छ ।

प्रतिकृया दिनुहोस