यातायात खोल्ने निर्णय भएको छैन : सरकार
कोभिड१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले २८ र २९ चैतमा काठमाडौंबाट बाहिर यात्रा गर्न पाउने सूचना गलत भएको स्पष्ट पारेको छ ।
समितिका संयोजक ईश्वर पोखरेलले विज्ञप्ति जारी गर्दै ‘भोलि र पर्सि ९ २८-२९ चैत्र , २०७६ ० काठमाडाैं प्रवेश गर्न नपाइने तर काठमाडाैंबाट बाहिर जान भने खुला गर्ने निर्णय गरिएको‘ भन्ने समाचार गलत भएको बताउदै यस किसिमको कुनै निर्णय नभएको जनाएको हो ।
यातायातकाे माेडालिटी बनाउने भन्ने विषयमा गृह-सचिव नेतृत्वमा यतिवेला गृह मन्त्रालयमा बैठक जारी छ ।