अवैतनिक दूतहरूकाे झण्डा र गाडीकाे सुविधा स्थगित
परराष्ट्र मन्त्रालयले नेपालमा रहेका विभिन्न देशका अवैतनिक दूत (अनरेरी कन्सल) हरूले चढदै आएकाे निलाे प्लेटमा कुटनीतिक नम्बरकाे गाडी र झण्डाकाे सुविधा स्थगित गरेकाे छ ।
परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीकाे अध्यक्षतामा बुधबार बसेकाे बैठकले नेपालमा रहेका विभिन्न देशका अवैतनिक दूतहरूलाई निलाे प्लेटकाे गाडी र सम्बन्धीत देशकाे झण्डा राख्ने सुविधा हाललाई स्थगित गर्ने निर्णय गरेकाे हाे ।
किर्गिस्तानका अवैतनिक दूत तथा शंकर ग्रुपका संचालक सुलभ अग्रवाल कालाेबजारी गरेकाे आराेपमा मंगलबार पक्राउ परेपछि मन्त्री ज्ञवालीले यस्ताे निर्णय गरेका हुन्।
अग्रवाल निलाे प्लेटकाे गाडी चढेर ६७ थान इन्फ्रारेड थर्माेमिटर (थर्मल गन) सहित महँगाेमा बेच्न आउदा पक्राउ परेका थिए । महानगरीय अपराध महाशाखाकाे टाेलीले मंगलबार अग्रवाललाई पक्राउ गरेकाे थियाे । अग्रवाल कुटनीतिक नम्बर प्लेट भएकाे २०९–एचसीसी–१ नम्बर गाडीमा थर्मल गन प्रतिगाेटा रू. १५ हजारमा बेच्न आएका थिए । उनी बिरूद्व कालाेबजारी मुद्दामा बुधबार ७ दिनकाे अनुसन्धान म्याद लिएर कारबाही सुरू भएकाे छ ।
मन्त्रालयले जारी गरेकाे बिज्ञप्तीमा सुलभ अग्रवालकाे घटनापछि बुधबारबाटै लागू हुने गरि मन्त्रीस्तरिय निर्णय भएकाे उल्लेख छ । मंगलबार परराष्ट्र प्रवक्ता सहसचिव भरतराज पाैड्यालले हिमालखबरसँग अग्रवालका बिषयमा सम्बन्धीत देशलाई जानकारी गराउने बताएका थिए । मन्त्रालयका अनुसार नेपालमा हाल ४५ बढि देशका अवैतनिक दूतहरू सक्रिय छन् ।
सम्बन्धीत समाचार:
कूटनीतिक नम्बरकाे गाडीमा थर्माे गनकाे कालाेबजारी, काउन्सलर सुलभ अग्रवाल पक्राउ
ग्राहकको भेषमा रहेका प्रहरीलाई थर्मल गन बेच्न आएका थिए कन्सुलर सुलभ अग्रवाल
परराष्ट्र मन्त्रालय भन्छ ‘कालोबजारी गर्ने कन्सुलरका विषयमा किर्गिस्तानलाई जानकारी गराउँछौं ’