रौतहटमा नौ पाकिस्तानी क्वारेन्टिनमा
नेपालमा लकडाउन घोषणा हुनुभन्दा पहिलेदेखि नै धर्म प्रचारको क्रममा रहेका पाकिस्तानी नागरिकहरुलाई रौतहटको देवाही गोनाही नगरपालिका २ करुनियास्थित मस्जिदमा क्वारेन्टिनमा राखिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले गत ७ चैतदेखि पाकिस्तानी नागरिकहरु महम्मद यसुफ खान, जैनुल्लाह, सम्सुल्लाह खान, महम्द फवाद, रइस खान, गुरफानदिन, असगर खान, गुलाम रसुल र हलिमुल्लाहलाई करुनियास्थित मस्जिदमा रहेको बताउँदै उनीहरुलाई त्यहीं निगरानीमा राखिएको जानकारी दिएका छन् ।
पाकिस्तानी नागरिकहरु धर्म प्रचारको क्रममा ४ चैतदेखि तीन दिनसम्म यमुनामाई गाउँपालिकाको मुख्तम मस्जिद इदगाहमा बसेका थिए ।
सरकारले एक स्थानीय तहबाट अर्को स्थानीय तहमा सर्वसाधारणलाई पनि आवतजावतमा रोक लगाइसकेको छ । धर्म प्रचारको क्रममा पाकिस्तानी नागरिकहरु करुनियाबाट अन्यत्र नजाऊन् भनेर त्यही मस्जिदमा क्वारेन्टिनमा जस्तो निगरानीमा राखिएको हो ।
सञ्जय मित्र, रौतहट