निक साइमन इन्स्टिच्युटद्वारा १० वटा पोर्टेबल भेन्टिलेटर र एक हजार थान पीपीई हस्तान्तरण
निक साइमन इन्स्टिच्युटले सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई १० थान पोर्टेबल भेन्टिलेटर र एक हजार थान पिपिइ हस्तान्तरण गरेको छ । इन्स्टिच्युटका तर्फबाट डा. अनिल श्रेष्ठले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।
मन्त्री ढकालले विपद्को समयमा निक साइमन इन्स्टिच्युटले हस्तान्तरण गरेको पोर्टेबल भेन्टिलेटर तत्कालै धनगढी, वुटवल र बाग्लुङमा दुई वटाका दरले पठाइने र चार वटा भेन्टिलेटर आकस्मिक प्रयोजनाका लागि तयारी अवस्थामा राखिने बताएका छन् ।
हस्तान्तरण लगत्तै स्वास्थ्य सेवा विभागमा महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले स्वास्थ्य सामाग्री जिल्लाहरुमा पठाउने थालिएको जानकारी दिएका छन्।