नवनियुक्त गभर्नर अधिकारीद्वारा पदभार ग्रहण
नेपाल राष्ट्र ब्यांकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले पदभार ग्रहण गरेका छन् । २५ चैतमा सर्वोच्च अदालतका प्रधानन्यायाधिस चोलेन्द्र शमशेर राणासँग पद तथा गोपनियताको सपथ लिएपछि अधिकारी पदभार ग्रहण गर्न राष्ट्र ब्यांक पुगेका थिए ।
डेपुटी गभर्नरद्धय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठसहित राष्ट्र ब्यांकका उच्च अधिकारी र कर्मचारीहरुले अधिकारीलाई स्वागत गरेका थिए । मन्त्रीपरिषद्को २४ चैतको वैठकले अधिकारीलाई ५ वर्षका लागि नेपाल राष्ट्र ब्यांकको गभर्नर पदमा नियुक्त गरेको थियो ।
गभर्नर अधिकारीले पदभार ग्रहण गर्दै कोरोना भाइरसका कारण नेपाली अर्थतन्त्रमा पर्ने प्रभाव तथा लिनुपर्ने नीतिगत विषयमा अध्ययन गर्ने निर्णय पनि गरेका छन् ।