कोभिड-१९ सोमबार, चैत २४, २०७६

झण्डै दुई हजारको कोभिड–१९ परीक्षण, एक सय ९ जनाको नतिजा आउन बाँकी

हिमालखबर

झण्डै दुई हजारको कोभिड–१९ परीक्षण, एक सय ९ जनाको नतिजा आउन बाँकी

सात वटा प्रदेशमा सञ्चालन भइरहेका प्रयोगशालामा हालसम्म झन्डै दुई हजार जनाको कोरोना भाइरस (कोभिड-१९) भए/नभएको नमूना परीक्षण गरिएको छ। 

२४ चैत दिउँसो साढे दुई बजेसम्म प्रयोगशालाहरुमा एक हजार ९९० जनाको नमूना परीक्षण गरिएको र त्यसमध्ये एक सय ९ जनाको नतिजा आउन बाँकी रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार, परीक्षण गरिएकामध्ये अहिलेसम्म एक हजार ८ सय ८१ जनाको रिपोर्ट नेगेटिभ आएको र नौ जनामा संक्रमण देखिएको छ। संक्रमितमध्ये एक जना उपचारपछि घर फर्किसकेका छन् भने आठ जनाको उपचार भइरहेको छ।

हालसम्म काठमाडौं टेकूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट एक हजार ६९७, धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ४८, सुर्खेत प्रादेशिक अस्पतालबाट ४८, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट २८, हेटौंडाको किटजन्य रोेग अनुसन्धान तथा तालिम केन्द्रबाट २५, धुलिखेल अस्पतालबाट १७, धनगढीको सेती प्रादेशिक अस्पतालबाट १५, जनकपुर प्रादेशिक अस्पतालबाट ६, चितवनको कोभिड–१९ डायग्नोेष्टिक प्रयोगशालाबाट ५ र भैरहवाको राष्ट्रिय गहुँबाली अनुसन्धान केन्द्रबाट एक जनाको कोभिड–१९ परीक्षण गरिएको छ।

प्रतिकृया दिनुहोस