बन्दाबन्दी वैशाख ३ सम्म लम्ब्याइयो
कोरोना भाइरस (कोभिड-१९) रोकथामका लागि लागू गरिएको बन्दाबन्दी (लकडाउन) सरकारले ८ दिन थप गरेको छ।
आज (सोमबार) दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले ३ वैशाखसम्म बन्दाबन्दी लम्ब्याउने निर्णय गरेको हो। सरकारले ११ चैतदेखि देशभर बन्दाबन्दी लागू गरेको छ।
शुरुमा १८ चैतसम्मका लागि घोषित बन्दाबन्दीको अवधि २५ चैतसम्म थपिएको थियो। यो समय सकिनु एक दिनअघि सरकारले बन्दाबन्दीको समय तेस्रो पटक बढाउँदै ८ दिन थपेको हो।
यसबीचमा कोरोना भाइरसका संक्रमित कैलाली र कञ्चनपुरमा भेटिएपछि सरकारले बन्दाबन्दी थप कडाइ गरेको छ। अहिले एक स्थानीय तहबाट अर्कोमा आवतजावत गर्न समेत रोक लगाइएको छ।