संक्रमितबारे सूचना संकलनका लागि स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने सरकारको निर्णय
कोरोना भाइरस (कोभिड-१९) सम्बन्धी स्थानीय स्तरमा सूचना संकलन तथा संक्रमण रोकथामका लागि सरकारले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई परिचालन गर्ने भएको छ।
आज (आइतबार) बसेको कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकले उक्त निर्णय गरेको हो। ग्रामीण तहमा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई परिचालन गर्दा स्थानीय स्तरमा सूचना संकलन र सचेतनाका कार्यक्रम प्रभावकारी हुने भन्दै सरकारले यो निर्णय गरेको हो।
सरकारले यसरी परिचालन हुने स्वास्थ्य स्वयंसेविकाहरुलाई विशेष प्रोत्साहन भत्ता दिनुका साथै बिमा समेत गर्नेछ।
मुलुकमा अहिले ५२ हजार स्वास्थ्य स्वयंसेविका कार्यरत छन्।