हुन्डाईको वारेन्टी दुई महिना थप
कोरोनाभाइरसले निम्त्याएको संकटलाई ध्यानमा राखेर हुन्डाई मोटर्सका आधिकारिक बिक्रेता लक्ष्मी इन्टर कन्टिनेन्टल प्रा.लि.ले आफ्ना ग्राहकहरुको सुविधाको लागि वारेन्टी समययावधि दुई महिना थप गरेको छ ।
‘हुन्डाई केयर’ कार्यक्रम अन्तर्गत वारेन्टी समय बाँकी भएका सबै हुन्डाई गाडीमा वारेन्टी समय थप गरिएको प्रेस वक्तव्य जारी गर्दै लक्ष्मी इन्टर कन्टिनेन्टलले जनाएको छ।
‘हुन्डाई केयर’ मा वारेन्टी सेवा अन्तर्गत पर्ने सम्पूर्ण सेवा ग्राहकले पाउनेछन् ।