स्थानीयले बन्द गराए चित्लाङ–चन्द्रागिरी सडक नाका
काठमाण्डौंबाट मकवानपुरको थाहा नगरपालिकामा भित्रिने छोटो सडक मार्ग गणेशमान सिंह मार्ग (चित्लाङ–चन्द्रागिरी सडक) मा चन्द्रागिरी नाका स्थानीयले बन्द गराएका छन् ।
२३ चैत बिहान चित्लाङमा भएको स्थानीयहरुको भेलाले नाका बन्द गर्ने निर्णय गरेको थाहा नगरपालिका वडा ९ का वडा अध्यक्ष परशुराम श्रेष्ठले जानकारी दिए ।
कोरोनाभाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणको लागि सरकारले गरेको बन्दाबन्दीको उल्लंघन गर्दै राती–राती सो सडक खण्डबाट सवारी साधन चल्न थालेपछि जोखिम कम गर्न सडक बन्द गरिएको उनले बताए ।
यो नाका हुँदै थाहानगर, तराई र हेटौंडा जानको लागि दैनिक हिँडेरै पनि सयांै मानिसहरु काठमाडौंबाट आउने गरेका छन् ।
अत्यावश्यक परेर हिंड्नेका लागि भने नाकामा थाहा नगरपालिकाले स्वास्थ्य परीक्षणको लागि डेस्क राखेको छ ।
सुरजकुमार भुजेल/मकवानपुर