कोभिड १९ बाट मृत्यु हुनेको संख्या ६४ हजार नाघ्यो
विश्वभर फैलिएको कोरोनाभाइरस (कोभिड १९) को संक्रमणबाट मृत्यु हुनेको ६४ हजार ६९१ पुगेको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार संक्रमितको संख्या १२ लाख नाघेको छ ।
शनिबार बिहान यही समयमा मृतकको संख्या ५९ हजार र संक्रमितको संख्या १० लाख ९८ हजार भए पनि २४ घण्टामा मृतक ५ हजारभन्दा बढी र संक्रमित एकलाख भन्दा बढी भएको हो ।
सबैभन्दा बढी संक्रमणको जोखिममा इटाली, स्पेन, अमेरिका र फ्रान्स रहेका छन् ।
ती मध्ये पनि इटालीमा सबैभन्दा बढी मृतकको संख्या इटालीमा १५ हजार ३६२ जनाको मृत्यु भएको छ भने स्पेनमा ११ हजार ९४७, अमेरिकामा ८ हजार ४५२, फ्रान्समा ७ हजार ५६० र बेलायतमा ४ हजार ३१३ जनाको मृत्यु भएको छ ।
यी देशहरुमा संक्रमितको संख्या पनि त्यतिकै तिब्र फैलिरहेको पनि सञ्चारमाध्यमहरुले लेखेका छन् ।
चीन, इरानमा ज्यान जानेको संख्या साढे ३ हजारको हाराहारीमा पुगेको छ ।
तथ्यांकमा निको हुनेको संख्या दुई लाख ४६ हजार छ ।