सरकार ! अब त चेतौंः गगन थापा
नेपाली कांग्रेसका युवा नेता एवम् प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले कोरोना महामारीको परीक्षणको दायरा थप बढाउनुपर्ने माग राखेका छन्। सामाजिक सञ्जाल ट्वीटर मार्फत् सांसद थापाले परीक्षणको दायरा, गति र संख्या बढाउनुपर्ने माग गरेका छन्।
कैलाली र कञ्चनपुरमा शनिबार थप तीन जनामा कोरोनाको संक्रमण देखिएपछि थापाले ट्वीट गर्दै लेखेका छन्, “हामीले निरन्तर भनिरह्यौं, संक्रमणको चेन तोड्न परीक्षणको दायरा बढाऔं, संक्रमितको सम्पर्कमा रहेकाको खोजी गरौं, अलग राखौं र लक्षण नदेखिए पनि परीक्षण गरौं ।” विदेशबाट आएकाबाट कैलालीमा एक आफन्तलाई कोरोनाको संक्रमण देखिनलाई परीक्षण दायरा फराकिलो नबनेको तर्फ सांसद थापाले संकेत गरेका छन्।
थापाले लेखेका छन्, “सरकार! अब त चेतौं। परीक्षणको दायरा फराकिलो बनाऔं, परीक्षणको गति र संख्या बढाऔं ।”
सांसद थापाले संसदमा समेत जरुरी सार्वजनिक महत्वको प्रस्ताव समेत दर्ता गराएका थिए । तिनै सांसद थापाले लगातार कोरोनाको रोकथाममा सरकारलाई प्रभावकारी बन्न विभिन्न माध्यमबाट सुझाव दिदै आएका छन्।