प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाइएको हो ।
दिउँसो चार बजे बैठक बोलाइए पनि छलफलको एजेण्डाबारे भने जानकारी नभएको एक मन्त्रीले बताए । कोरोना महामारी रोकथामका लागि आवश्यक स्वास्थ्य सामग्री खरीद प्रक्रियामा सरकारको आलोचना भइरहेका बेला मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाइएको छ ।
निजी व्यापारीलाई दिइएको स्वास्थ्य सामग्री खरीदको सम्झौता रद्द गरी सरकारले नेपाली सेनालाई जिम्मा दिने निर्णय गरेको छ । तर, यो निर्णयबारे समेत विवाद उत्पन्न भएको छ ।