यथास्थानमै रहेर कोरोनालाई जितौं: राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डरीले विश्वव्यापी रुपमा फैलिएको महामारी (कोभिड १९) विरुद्ध सरकारले लिएका नीति र चालेका कदमहरू प्रभावकारी भएको बताएकी छिन् । राष्ट्रका नाममा शुक्रबार नेपाल टेलिभिजनमार्फत सम्बोधन गर्दै उनले सरकारको प्रभावकारी कदमकै कारण सीमित रहेर फैलिन नपाएको बताएकी छिन् ।
उनको सम्बोधनमा भनेकी छिन्, “हामी कुनै भावनामा बगेर होइन बरु यस रोगको गंभीरतालाई मनन गर्दै रोगको रोकथाम, नियन्त्रण र उपचारमा नेपाल सरकारले चालेका कदमलाई साथ दिन म सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक आव्हान गर्दछु ।”
संक्रमणको जोखिम नियन्त्रण बाहिर नजाओस् भनेर नेपाल सरकारले पूरै देशमा बन्दाबन्दी (लकडाउन) गरेको छ । यसले हाम्रो दैनिक जीवनमा केही अप्ठ्याराहरू सिर्जना भएका छन् । तर संयमित भएर बस्न र घर बाहिर निस्कनु हुँदैन, सम्बोधनमा भनिएको छ ।
राष्ट्रति भण्डारीले देशको अर्थतन्त्रदेखि नागरिककको जनजीविका समेतमा नकारात्मक असर पुगेको तथा यस परिस्थितिमा दैनिक ज्यालादारीबाट जीवनयापन गर्ने श्रमजीवीहरू बढी प्रभावित हुने भएकाले सरकारले राहतको प्याकेज समेत गरिसकेको बताएकी छिन् ।
उनले विश्वव्यापी महामारीको समयमा विभिन्न मुलुकहरूमा रहेका नेपालीलाई आ–आफ्नो ठाउँमा आवश्यक सकर्तकतासहित सुरक्षित रहन आव्हान गर्दै यथास्थानमै रहेर कोरोनालाई जित्न आग्रह पनि गरेकी छिन् ।