आपराधिक घटनाको जानकारी अब मोबाइल एपबाटै
नेपाल प्रहरीले विभिन्न घटनाको बारेमा जानकारी दिन सजिलो होस् भनेर ‘नेपाल पुलिस मोबाइल एप’ प्रयोगमा ल्याएको छ ।
कोभिड–१९ बारे सूचना तथा जानकारीका साथै घरेलु हिंसा, अपहरण, लागुऔषध, यौनजन्य अपराध, सवारी दुर्घटना, मानिस हराएको, ज्यानसम्बन्धी, हातहतियार तथा विष्फोटक पदार्थलगायत विविध घटनाहरुको जानकारी एपबाटै घटना बारेमा जानकारी लिन सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
हाल सो एपलाई अपडेट गरेर कोरोना भाइरसको संक्रमण नियन्त्रणका विषयका साथै लकडाउनको उल्लंघन, कालोबजारी, आफू वा छरछिमेक कसैलाई कोरोना भाइरसको लक्षण देखिएमा तथा सेल्फ क्वारेन्टाइनमा रहेको सूचनासमेत दिन सकिने बनाइएको छ ।
गुगल प्ले स्टोर र एप्पलको एप स्टोरबाट आफ्नो स्मार्ट फोनमा एप डाउनलोड गरी कोभिड–१९ सम्बन्धी सूचना एवं जानकारी लिन सकिने प्रहरीले जनाएको छ ।
रासस